रवि लामिछानेको चेतावनी : अमर्यादित टिप्पणी गर्ने पार्टीबाट निष्कासित हुने

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र रहेर अमर्यादित तथा अनुशासनहीन अभिव्यक्ति दिनेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।

लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले सार्वजनिक रूपमा बोल्दा पार्टीको मर्यादा र अनुशासनलाई ध्यान दिनुपर्ने बताएका छन्। व्यक्तिगत असन्तुष्टि वा फरक मत राख्ने नाममा पार्टीको प्रतिष्ठामा आँच पुग्ने किसिमका अभिव्यक्ति स्वीकार्य नहुने उनको भनाइ छ।

उनले पार्टीको नीति, नेतृत्व वा निर्णयप्रति असहमति भए त्यसलाई आन्तरिक रूपमा राख्न सकिने तर सार्वजनिक रूपमा अपमानजनक तथा अमर्यादित टिप्पणी गर्ने प्रवृत्तिमाथि कडा कदम चालिने स्पष्ट पारेका छन्।

पार्टीलाई अनुशासित र जिम्मेवार ढंगले अघि बढाउन सबै नेता–कार्यकर्ताले आचारसंहिता तथा पार्टीको निर्णय पालना गर्नुपर्नेमा लामिछानेले जोड दिएका छन्।

उनले पार्टीको अनुशासन उल्लंघन गर्ने र अमर्यादित अभिव्यक्ति दिने व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा गरी पार्टीबाट निष्कासनसमेत गर्न सकिने चेतावनी दिएका छन्।

 
 
 
सम्बन्धित समाचार