कांग्रेस संसदीय दलमा विपक्षी दलहरूको बैठक

1.9k Shares

नेपाली कांग्रेसको संसदीय दलमा विपक्षी दलहरूको बैठक बसेको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा मुलुकका समसामयिक विषयमा छलफल भएको छ।

बैठकमा रसुवालगायत विभिन्न क्षेत्रमा देखिएको बाढीपहिरोको अवस्था, उद्धार तथा राहतका विषयमा समेत छलफल गरिएको बताइएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा सरकारको विपद् व्यवस्थापनबारे पनि नेताहरूले धारणा राखेका छन्।

यसैगरी, पछिल्लो राजनीतिक घटनाक्रम र विपक्षी दलहरूबीच सहकार्यका विषयमा पनि छलफल भएको छ। सरकारका कामकारबाहीबारे साझा धारणा बनाउनुपर्ने आवश्यकतामाथि नेताहरूले जोड दिएका छन्।

बैठकमा सहभागी विपक्षी दलका नेताहरूले मुलुकका समसामयिक समस्या समाधानका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार