उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

1.7k Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

पछिल्लो समय ग्यास आपूर्ति, उद्योगी–व्यवसायीसँगको विवाद तथा मन्त्रालयभित्रैबाट सहयोग नपाएको भन्दै मन्त्री यादवले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् । उनले उद्योग क्षेत्रमा सुधारका लागि अघि सारेका योजनामा कर्मचारीतन्त्र र व्यवसायीबाट अवरोध भएको आरोपसमेत लगाएकी थिइन् ।

ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका क्रममा पनि मन्त्री यादव र ग्यास उद्योगीहरूबीच विवाद चर्किएको थियो । उनले निजी क्षेत्रका ग्यास उद्योगीले सरकारलाई आवश्यक विवरण उपलब्ध नगराएको तथा आपूर्ति व्यवस्थापनमा असहयोग गरेको आरोप लगाएकी थिइन् ।

त्यस्तै, उद्योग क्षेत्रको सुधार, कच्चा पदार्थ र तयारी वस्तुको आयात नीतिमा पुनरावलोकन तथा लामो समयदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा पनि यादवले विभिन्न योजना अघि सारेकी थिइन् ।

राजीनामाको विस्तृत कारण र प्रधानमन्त्रीसमक्ष उनले दिएको पत्रमा उल्लेखित विषयबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

सम्बन्धित समाचार