काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका आन्तरिक विषय तथा छलफल बाहिर सार्वजनिक गर्नेहरूमाथि कारबाही गर्ने भएको छ।
पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि, मतभेद तथा आन्तरिक गतिविधिबारे सार्वजनिक रूपमा विभिन्न धारणा आउन थालेपछि रास्वपाले त्यस्ता गतिविधिलाई गम्भीर रूपमा लिएको हो।
पार्टीले आन्तरिक छलफल र निर्णयका विषयलाई बाहिर लैजाने प्रवृत्ति रोक्न आवश्यक कदम चाल्ने जनाएको छ। पार्टीको अनुशासन र गोपनीयता कायम राख्दै असन्तुष्ट पक्षसँग संवाद गरी समस्या समाधान गर्ने प्रयाससमेत भइरहेको बताइएको छ।
रास्वपाले पार्टीभित्र देखिएका असन्तुष्टिलाई व्यवस्थापन गर्दै संगठनलाई थप व्यवस्थित र एकताबद्ध बनाउने रणनीति अघि सारेको छ। साथै, पार्टीका गतिविधि तथा निर्णयबारे अनावश्यक भ्रम फैलिन नदिन नेतृत्वले सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ।