१५औँ महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

792 Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने भएको छ । बैठकमा महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

कांग्रेसले १५औँ महाधिवेशनका लागि यसअघि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा बैठकमा थप छलफल हुने अपेक्षा गरिएको छ।

महाधिवेशनको मिति, विभिन्न तहका अधिवेशन तथा संगठनात्मक तयारीसँग जोडिएका विषय बैठकका प्रमुख एजेन्डा बन्न सक्ने कांग्रेस नेताहरूले बताएका छन्। पार्टीभित्र महाधिवेशनको तयारीसँगै नेतृत्व चयन र संगठन सुदृढीकरणका विषयमा समेत बहस चलिरहेका बेला कार्यसम्पादन समिति बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई पनि अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

सम्बन्धित समाचार