विमानस्थलबाटै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी, घर पुगेपछि पत्रकार सम्मेलन

1.4k Shares

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार्यक्रम गर्न प्रहरीले रोक लगाएको छ। झापाबाट सोमबार काठमाडौं आएका प्रसाईंले विमानस्थल परिसरमै कार्यक्रम गर्ने तयारी गरेपछि प्रहरीले उनलाई त्यहाँ कार्यक्रम गर्न नदिएको हो। प्रहरीले उनलाई विमानस्थलबाट भक्तपुरस्थित निवासमा पठाएको थियो।

विमानस्थलबाट बाहिरिने क्रममा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यसपछि उनी आफ्नो निवास पुगेका थिए।

घर पुगेपछि प्रसाईंले पत्रकार सम्मेलन गरेका छन्। विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको विषयमा उनले आफ्नो धारणा सार्वजनिक गरेका थिए।

प्रसाईं पछिल्लो समय विभिन्न राजनीतिक तथा समसामयिक विषयमा अभिव्यक्ति दिँदै आएका छन्। उनले सरकारका गतिविधि र नेतृत्वमाथि आलोचना गर्दै सार्वजनिक कार्यक्रमसमेत गर्दै आएका छन्।

सोमबार विमानस्थलमा कार्यक्रम गर्न खोजेको घटनाले भने उनको गतिविधि फेरि चर्चामा आएको छ। प्रहरीले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा कार्यक्रम गर्न रोक लगाएपछि प्रसाईंले घरबाटै सञ्चारकर्मीसँग कुराकानी गरेका हुन्।

घटना सोमबार दिउँसोको हो। प्रसाईं झापाबाट काठमाडौं ओर्लिएपछि विमानस्थलमै कार्यक्रम आयोजना गर्न खोजेका थिए। प्रहरीले कार्यक्रम गर्न नदिएपछि उनलाई विमानस्थलबाट बाहिर पठाइएको थियो।

सम्बन्धित समाचार