1.2k
Shares
काठमाडौं । अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधिसभामा उठेको छ।
सांसदहरूले गम्भीर अवस्थामा रहेका बिरामीको उपचार तथा स्वास्थ्य अवस्थालाई संवेदनशील रूपमा लिनुपर्ने भन्दै आईसीयूमै अन्तर्वार्ता लिने कार्यबारे प्रश्न उठाएका हुन्।
संसदमा बोल्दै सांसदहरूले बिरामीको स्वास्थ्य अवस्था, उपचारको अधिकार र अस्पतालको संवेदनशील क्षेत्रको मर्यादासम्बन्धी विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
आईसीयूमा उपचाररत व्यक्तिको गोपनीयता तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै यस्ता घटनामा आवश्यक संवेदनशीलता अपनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।