फरक विचार राखेकै कारण सांसदलाई धम्की र आक्रमणको प्रयास स्वीकार्य छैन : महामन्त्री आचार्य

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले फरक विचार राखेकै कारण सांसदहरूमाथि धम्की दिने तथा आक्रमणको प्रयास गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

महामन्त्री आचार्यले राजनीतिक तथा वैचारिक असहमतिलाई धम्की वा हिंसामार्फत समाधान गर्न खोज्नु गलत भएको बताएका हुन्। उनले सांसदहरूले आफ्नो धारणा राख्ने अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सांसदहरूमाथि धम्की वा आक्रमणको प्रयास भएको भए सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। साथै राजनीतिक असहमतिको समाधान संवाद र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने धारणा राखेका छन्।

 
 
 
सम्बन्धित समाचार