काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकताका लागि आफू हदैसम्मको लचकता अपनाउन तयार रहेको बताएका छन्। उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन सबै पक्षबीच संवाद, सहकार्य र समझदारी आवश्यक रहेको बताएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला नेता थापाले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार पार्टीको हित र एकताका लागि आवश्यक परे आफूले आफ्नो अडानमा समेत लचकता अपनाउने बताएका छन्।
उनले कांग्रेसका विभिन्न पक्षबीच सहमति र सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै पार्टीलाई विभाजन र गुटगत विवादभन्दा माथि उठाएर अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी कार्यदिशाबारे छलफल तीव्र भइरहेका बेला थापाको यस्तो धारणा आएको हो।