भेडासिंहबाट १ किलो ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
1k
Shares
काठमाडौं । काठमाडौंको भेडासिंहबाट प्रहरीले १ किलो ४ सय ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक मणिक दास रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दासको साथबाट सुनसँगै ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको छ। बरामद सुनको स्रोत तथा नेपालमा ल्याइएको उद्देश्यबारे अनुसन्धान भइरहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सुन तस्करीमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।