यःसिं ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा, आज ‘उपाकु’ मनाइँदै

1k Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया) बुधबारदेखि विधिवत् रूपमा सुरु भएको छ । बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान अर्थात् यःसिं ठड्याएपछि इन्द्रजात्राको औपचारिक शुभारम्भ भएको हो ।

आठ दिनसम्म विभिन्न परम्परा र सांस्कृतिक गतिविधिसहित मनाइने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा रहेको छ । पहिलो दिनलाई विशेषगरी ‘उपाकु’का रूपमा मनाउने गरिन्छ ।

उपाकुका अवसरमा नेवार समुदायले दिवङ्गत आफन्त तथा परिवारजनको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै काठमाडौँ नगर परिक्रमा गर्ने परम्परा पनि छ । यस क्रममा श्रद्धालुले मृतकको सम्झनामा बत्ती बालेर नगरका विभिन्न स्थानको परिक्रमा गर्ने गर्दछन् ।yonsi_2083_1.jpg

इन्द्रजात्राका क्रममा विभिन्न देवीदेवताका रथ तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै परम्परागत नाचगान र धार्मिक गतिविधि सञ्चालन हुन्छन् । जात्राले काठमाडौँको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै आएको छ ।

इन्द्रजात्राको अन्तिम दिन ‘नानीचा याः’मा इन्द्रध्वजा अर्थात् यःसिं ढालेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन भएको मानिन्छ ।yonsi_2083_18.jpgyonsi_2083_14_1.jpgyonsi_2083_19.jpg

सम्बन्धित समाचार