827
Shares
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारीका लागि ५५ जिल्लामा जिल्ला संयोजक तोकेको छ। महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले विभिन्न जिल्लामा संयोजकको जिम्मेवारी तोकेका हुन्।
देउवा समूहले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहका अधिवेशनका लागि तयारी अघि बढाएको जनाएको छ। समूहले मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
यसअघि देउवा पक्षले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको जनाएको थियो। तर सार्वजनिक विवरणमा सबै जिल्लाको नाम नसमेटिएको विषयमा पनि समाचारहरू आएका छन्।