संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। समितिले प्रस्तावित राजदूतका सम्बन्धमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र पेश गर्न समयसीमा तोकेको छ।
सरकारले विभिन्न मुलुकका लागि प्रस्ताव गरेका राजदूतहरूको नाममाथि समितिले आवश्यक छानबिन तथा सुनुवाइ गर्नेछ। प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव तथा सम्बन्धित जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताबारे समितिले जानकारी लिनेछ।
समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित राजदूतका विषयमा प्रमाणसहित कुनै उजुरी वा गुनासो भए तोकिएको अवधिभित्र पेश गर्न आग्रह गरेको छ।
उजुरीका लागि दिइएको १० दिनको अवधि सकिएपछि समितिले प्राप्त उजुरीमाथि अध्ययन गर्ने र आवश्यकताअनुसार प्रस्तावित राजदूतहरूसँग स्पष्टीकरण तथा सुनुवाइ गर्ने प्रक्रिया अघि बढाउनेछ।
सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले आफ्नो निर्णयअनुसार सरकारलाई सिफारिस गर्नेछ