काठमाडौँ ।काठमाडौँको ऐतिहासिक इन्द्रजात्राको अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र ‘द लोकल’ले हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।
नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा इन्द्रजात्राको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई उजागर गरिएको थियो।
कार्यक्रमले विशेषगरी युवापुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोडिन प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका क्षेत्रमा देखिएको सांस्कृतिक उत्साहमा कार्यक्रमले थप रौनक थपेको थियो।
एक्सट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ।
इन्द्रजात्राजस्ता ऐतिहासिक पर्वमा स्थानीय समुदाय, कला र परम्पराको प्रवर्द्धनमार्फत मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सहकार्य गरिएको आयोजकको भनाइ छ।