सुरक्षा थ्रेटका कारण पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरी कार्यालय लगिएको हो : सरकार

1k Shares

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले पक्राउ नगरेको, सुरक्षा जोखिमका कारण सुरक्षाका लागि प्रहरी कार्यालयमा लगिएको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले राणालाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालय लगिएको बताएका हुन्। उनका अनुसार राणाको सुरक्षासम्बन्धी विषयमा परिवारकै तर्फबाट निवेदनसमेत दिइएको थियो।

प्रवक्ता पोखरेलले राणालाई पक्राउ गरिएको भन्ने विवरण सही नभएको दाबी गरे। उनका अनुसार सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीले उनलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा राखेको हो।

राणालाई सुरक्षा खतरा कुनै निश्चित समूहबाट रहेको भन्ने विषयमा पनि सरकारले स्पष्ट पारेको छ। प्रवक्ता पोखरेलले राणालाई ‘जेनजी’ समूहबाट खतरा रहेको भन्ने चर्चा हल्ला मात्र भएको बताए। उनका अनुसार राणामाथि अज्ञात समूहबाट सुरक्षा थ्रेट रहेको जानकारी सरकारलाई प्राप्त भएको छ।

सरकारले राणाको सुरक्षाका लागि अपनाइएको कदमलाई पक्राउ वा हिरासतका रूपमा नभई सुरक्षा व्यवस्थापनका रूपमा व्याख्या गरेको छ। घटनाबारे सरकारको पछिल्लो धारणा सार्वजनिक भएपछि राणाको सुरक्षाको विषयमा भइरहेको चर्चाबारे पनि स्पष्टता आएको छ।

सम्बन्धित समाचार