स्याङ्जा, १६ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहले स्याङ्जाका विभिन्न स्थानीय तहमा संयोजक चयन गरेको छ ।
कांग्रेस देउवा समूह स्याङ्जाको भेलाले चापाकोट नगरपालिकाको संयोजकमा कृष्णप्रसाद देवकोटालाई चयन गरेको हो । भेलाले जिल्लाका अन्य स्थानीय तहमा पनि संयोजक तोकेको छ ।
पुतलीबजार नगरपालिकाको संयोजकमा कृष्णमान श्रेष्ठ, वालिङ नगरपालिकामा कृष्ण थापा, गल्याङ नगरपालिकामा भेषप्रसाद श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको संयोजकमा शोभाकान्त रिमाल, विरुवा गाउँपालिकामा रामकृष्ण वाग्ले र हरिनास गाउँपालिकामा शिबी सिङ्जाली चयन भएका छन् ।
आँधीखोला गाउँपालिकाको संयोजकमा विष्णुप्रसाद लामिछाने र कालीगण्डकी गाउँपालिकाको संयोजकमा बलराम पाण्डे चयन भएको भेलाले जनाएको छ ।
भेलाबाट स्थानीय तहको नेतृत्व चयन भएसँगै कांग्रेसको संगठन विस्तार तथा आगामी गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरिएको नेताहरूले बताएका छन् ।