शुक्रराज ट्रपिकल अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

1.1k Shares

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुरका रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले असोज १४ गते राति अस्पतालका स्वास्थ्यकर्मी तथा सुरक्षागार्डमाथि अभद्र व्यवहार गर्नुका साथै हातपातसमेत गरेका थिए।

घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।

अस्पतालमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि हुने दुर्व्यवहार र हातपातका घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत असर पर्ने भएकाले यस्ता घटनामा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार