काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ।
गृहमन्त्री गुरुङ रवि लामिछानेलाई भेट्न उनको निवासमै पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा सरकारका कामकारबाहीबारे दुई नेताबीच कुराकानी भएको जनाइएको छ।
रास्वपाभित्र पछिल्लो राजनीतिक परिस्थिति र सरकार सञ्चालनका विषयमा विभिन्न तहमा छलफल भइरहेका बेला गृहमन्त्री गुरुङको लामिछाने निवासमा भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटमा पार्टीको आगामी राजनीतिक रणनीति, सरकारका प्राथमिकता तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
रवि लामिछाने र गृहमन्त्री गुरुङबीचको भेटबारे थप विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।