कांग्रेस महाधिवेशनमा लुम्बिनीको प्रभाव : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म दर्जनौँ मैदानमा

1k Shares

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय नेतृत्वमा पुग्न नेताहरूबीच प्रतिस्पर्धा रोचक बनेको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका विभिन्न पदमा लुम्बिनीबाट उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ।

उपसभापति पदमा दाङका दीपक गिरी र गुल्मीका डा. चन्द्रकान्त भण्डारी खुलातर्फ प्रतिस्पर्धामा छन् भने नवलपरासीका विनोद चौधरी समावेशीतर्फ उम्मेदवार छन्। अर्घाखाँचीकी पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भइसकेकी छन्।

महामन्त्रीतर्फ रोल्पाका अमरसिंह पुन प्रतिस्पर्धामा छन्। पुन हाल कांग्रेस लुम्बिनी प्रदेशका सभापति हुन्। त्यस्तै सहमहामन्त्री पदमा कपिलवस्तुका अभिषेकप्रताप शाह, दाङका योगेन्द्र चौधरी र नवलपरासीका देवेन्द्रराज कँडेल मैदानमा छन्।

यस महाधिवेशनमा लुम्बिनी प्रदेशबाट १ हजार ९ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्। त्यसैले केन्द्रीय नेतृत्व चयनमा लुम्बिनीबाट परेको मतलाई पनि महत्वका साथ हेरिएको छ।

केन्द्रीय सदस्यमा पनि कडा प्रतिस्पर्धा

केन्द्रीय सदस्य पदमा समेत लुम्बिनीबाट ठूलो संख्यामा नेताहरू प्रतिस्पर्धामा छन्। प्रदेश खुलातर्फ तीन पदका लागि अमरप्रसाद भण्डारी, कमलप्रसाद भुसाल, कमलकिशोर घिमिरे, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, प्रदीपराज शर्मा, मोतीलाल भण्डारी, विष्णुप्रसाद खनाल र हिराबहादुर खत्री उम्मेदवार छन्।

३५ वर्षमुनिका युवा–महिला एक पदका लागि कमला हमाल, बबिता शाही, सञ्चिता ज्ञवाली, सुष्मा पाण्डे र सुस्मिता ढुंगाना प्रतिस्पर्धामा छन्। युवा खुलातर्फ पनि अनुकूल रेग्मी, अनुराग खड्का, कुमार आचार्य, दिपेन्द्र रेग्मी, राकेश यादव, ई. शम्भु रेग्मी र डा. सुदनकुमार वली मैदानमा छन्।

त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ लुम्बिनीका सांसद तथा पूर्वमन्त्रीसहित निमा गिरी, जमुना ढकाल, प्रा.डा. गोविन्दराज पोखरेल, जन्मजय तिमिल्सेना, भरतकुमार शाह, निर्मला क्षेत्री, अमृत ज्ञवाली, हिमालदत्त श्रेष्ठ, बुटवलका मेयर खेलराज पाण्डेय, विजय गुरुङ, सुशील गुरुङ, गंगा शाही र रिता सेन ओली लगायतले उम्मेदवारी दिएका छन्।

लुम्बिनीबाट पदाधिकारी र केन्द्रीय सदस्यमा परेको ठूलो संख्याको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा यो प्रदेशको प्रतिनिधित्व र नेतृत्वका लागि प्रतिस्पर्धालाई विशेष चासोको विषय बनाएको छ। कांग्रेसको आधिकारिक अन्तिम उम्मेदवार सूचीमा ५८ पदका लागि ८११ उम्मेदवार रहेको उल्लेख छ।

 
 
 
सम्बन्धित समाचार