कुमार लुइटेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, मतदातासँग मतको अपेक्षा

1.5k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कुमार लुइटेलले केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

लुइटेलले आफ्नो प्रचार सामग्रीमार्फत पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बहसलाई निर्णय र नेतृत्वतर्फ अघि बढाउने धारणा सार्वजनिक गरेका छन्। उम्मेदवारी क्रमसंख्या २६ रहेको प्रचार सामग्रीमा उल्लेख छ।

उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका पक्षमा मत, साथ र सुझावको अपेक्षा समेत गरेका छन्। प्रचार सामग्रीमा उनले पार्टीको आगामी नेतृत्व निर्माणमा प्रतिनिधिहरूको मतलाई महत्वपूर्ण रहेको उल्लेख गर्दै समर्थनका लागि अपिल गरेका छन्।

“यहाँको अमूल्य मत, साथ र सुझावको अपेक्षा गर्दछु” भन्ने सन्देशसहित लुइटेलले आफ्नो उम्मेदवारीलाई अघि बढाएका छन्।

सम्बन्धित समाचार