कांग्रेस महाधिवेशन : सहमहामन्त्री र महिला केन्द्रीय सदस्यको मतगणना सुरु

778 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न पद र महिला खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ। आइतबार साँझदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार मतगणना छवटा स्थानमा भइरहेको छ। सहमहामन्त्री खुला, सहमहामन्त्री महिला र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना एकसाथ अघि बढाइएको हो।

सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उक्त पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कणेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना चुनावी मैदानमा छन्।

त्यस्तै, सहमहामन्त्री महिलातर्फ एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा भइरहेको छ।

महिला खुला केन्द्रीय सदस्यतर्फ भने १५ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाई, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी र निर्मला क्षेत्री रहेका छन्।

यसैगरी निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुङ्गाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे, सम्झना खत्री, सुमित्राकुमारी बम र सृजना अधिकारी पनि प्रतिस्पर्धामा छन्।

मतगणना जारी रहेकाले विभिन्न पदका उम्मेदवारहरूको नतिजा आउन बाँकी छ।

सम्बन्धित समाचार