कांग्रेस सभापति गगन थापाले लिए शपथ, सम्हाले पदभार

981 Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गर्दै पार्टीको पदभार सम्हालेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्।

बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेसँगै थापाले औपचारिक रूपमा सभापतिको जिम्मेवारी सम्हालेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ। निर्वाचनको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेको छ।

महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ। सभापति थापाले पदभार सम्हाले पनि केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि गरिने जनाइएको छ।

नयाँ नेतृत्व चयनसँगै कांग्रेसको आगामी संगठनात्मक गतिविधि, पार्टीको नीति तथा कार्यक्रम र केन्द्रीय कार्यसमितिको भूमिकालाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार