कांग्रेसका नवनिर्वाचित २३० पदाधिकारी तथा सदस्यको शपथ कात्तिक १२ मा गराउने तयारी

974 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ।

निर्वाचन समितिले कार्यक्रमको तयारी अघि बढाए पनि अन्तिम मिति र समय भने निश्चित भइसकेको छैन।

महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। सभापतिमा निर्वाचित गगन थापाले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सभापति थापाबाहेक अन्य २३० जना पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गर्न र निर्वाचनको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा हाल विदेशमा रहेकाले औपचारिक कार्यक्रमको मिति र समय निर्धारणमा ढिलाइ भएको जनाइएको छ। शर्मा स्वदेश फर्किएपछि कार्यक्रमको अन्तिम तालिका तय गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ केन्द्रीय नेतृत्वले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार