डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार भएको प्रारम्भिक जानकारी

764 Shares

डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर भागेको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको प्रहरी टोली कारागार पुगेको छ। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

स्रोतका अनुसार प्रारम्भिक रूपमा आठ जना कैदी फरार भएको जानकारी प्राप्त भएको हो। यद्यपि, फरार कैदीको वास्तविक संख्या र उनीहरूको पहिचानबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

घटनाको गम्भीरताका बीच कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।

कारागारबाट कैदी फरार भएको घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार