देशभर वर्षाको प्रभाव, काठमाडौँ र पोखरामा पानी पर्ने सम्भावना ८० प्रतिशत

1.2k Shares

काठमाडौँ । शनिबार देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य प्रदेशका विभिन्न स्थानमा पनि हल्कादेखि मध्यम वर्षा जारी छ।

विभागका अनुसार बागमती र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो तीन घण्टाको वर्षा मापनअनुसार तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा भएको छ।

विभागले शनिबार दिउँसो पनि देशभर मौसम बदली रहने र अधिकांश सहरमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। विराटनगर र धरानमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ।

दिउँसो वर्षाको सम्भावना काठमाडौँ र पोखरामा सबैभन्दा बढी ८० प्रतिशत रहेको छ। त्यस्तै, जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

तापक्रमतर्फ दिउँसो धनगढी र नेपालगन्जमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। जोमसोममा भने अधिकतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियस मात्र रहनेछ।

दिउँसो वर्षाको सम्भावना रहे पनि शनिबार राति भने देशका कुनै पनि सहरमा वर्षा हुने सम्भावना नरहेको पूर्वानुमान छ। सबै सहरमा रातिको वर्षा सम्भावना शून्य प्रतिशत देखाइएको छ।

रातिको समयमा जुम्ला र जोमसोममा आंशिक बदली रहनेछ भने ओखलढुङ्गा र जिरीमा मौसम मुख्यतया सफा रहने अनुमान छ। अन्य अधिकांश सहरमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।

रातिको तापक्रमका हिसाबले जुम्ला र जोमसोममा चिसो बढ्ने देखिएको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि शून्य डिग्री सेल्सियससम्म झर्ने अनुमान छ भने जोमसोममा माइनस १ देखि १ डिग्री सेल्सियससम्म रहनेछ। भैरहवामा भने रातिको तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।878315599_1842882963531737_2817810054913326660_n_zMoSHdO4KW.webp

सम्बन्धित समाचार