रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक, बिहान ११ बजे बस्ने

750 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका विभिन्न विषयमा छलफल हुनेछ।

बैठक आज बिहान ११ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक परिस्थितिका विषयमा छलफल हुने भए पनि अन्य एजेन्डाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार