वर्षामा भिज्दै पत्रकारहरूको मौन प्रदर्शन, प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न माग

1k Shares

काठमाडौँ । प्रेस स्वतन्त्रताको सुनिश्चितता र पत्रकारमाथि भइरहेको धरपकडको विरोधमा नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकारहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

पत्रकार पक्राउ गर्ने तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकड गर्ने घटनाको विरोधमा पत्रकारहरूले वर्षाका बीच पानीमा भिज्दै मौन प्रदर्शन गरेका हुन्।

प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गर्ने र दबाब दिने गतिविधि रोक्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

वर्षाका बाबजुद माइतीघर मण्डलमा भेला भएका पत्रकारहरूले मौन प्रदर्शनमार्फत सञ्चारमाध्यममाथिको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति असन्तुष्टि जनाएका छन्।

नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारिता क्षेत्रमा भय तथा त्रासको वातावरण सिर्जना गर्ने गतिविधि अन्त्य गर्न माग गरेको छ।Capture.PNGasq.PNGaaaa.PNG

सम्बन्धित समाचार