1.4k
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन्। सरकारका कामकारबाही, प्रशासनिक गतिविधि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन्।
सरकारी निकायहरूबीच समन्वय, नीतिगत निर्णयको कार्यान्वयन तथा नागरिकलाई उपलब्ध गराइने सेवामा देखिएका समस्या र चुनौतीबारे छलफल भएको बताइएको छ।
सरकारका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयका सचिवहरूको भूमिका महत्वपूर्ण हुने भएकाले प्रधानमन्त्रीले प्रशासनिक नेतृत्वसँग प्रत्यक्ष संवाद गरेका हुन्।