स्वस्तिक सहकारीको २१ औँ साधारण सभा सम्पन्न, ८६ जना सम्मानीत

3.8k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले शनिबार(आज) आफ्नो २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा संस्थाको २१ औँ साधारण सभा सम्पन्न भएको हो । सभामा ईश्वरपुर नगरपालिका ६, का वडाध्यक्ष रहमान अन्सारी, सहकारी विभाग प्रदेश २ का शाखा अधिकृत रामपृत यादव, सहकारी बैंक हरिवन शाखाका प्रवन्धक सरोज सापकोटा, ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी  निरीक्षक जनकराज ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाको २१ औँ वार्षिक साधारण सभामा  संस्थाका कोषाध्यक्ष विष्णुहरि मैनालीले आयव्याय प्रस्तुत गर्नु भएको थियो । गएको असार मसान्तसम्म रु २८ करोड ९० लाख ५४ हजार १ सय ६७ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा रु ६५ लाख ६६ हजार १ सय ८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाले जनाएको छ ।
संस्थाले यो पटक आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत वितरण गरेको छ । साधारण सभामा हरेक वर्ष झैँ उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी २ जना, जेहेन्दार विद्यार्थी २ जना, ज्येष्ठ नागरिक १६ जना, एकल महिला ४६ जना, एकल पुरुष १० जना, अपाङ्गता भएका ५ जना सदस्यलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार