हरिवन ८ का वडाध्यक्ष ढुंगेल एकिकृत समाजवादीमा प्रवेश

1.1k Shares

सर्लाहीको हरिवन नगरपालिका ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा(एमाले)बाट निर्वाचित भएका वडा अध्यक्ष ढुंगेल नेकपा(एकिकृत समाजवादी)मा प्रवेश गरेका हुन् । नेकपा(एमाले)बाट वडा अध्यक्षको टिकट नपाएपछि हरिवन नगरपालिका ८ का वडाध्यक्ष ढुंगेल एकिकृत समाजवादीमा प्रवेश गरेका हुन ।
पार्टीले वडाध्यक्षको टिकट अर्को व्यक्तिलाई दिएपछि ढुंगेल एमाले छाडेर (एकीकृत समाजवादी) तिर लागेका एकिकृत समाजवादी हरिवन नगर कमिटिका अध्यक्ष चुडामणी वाग्लेले जानकारी दिनु भयो ।
एमालेले हरिवन नगरपालिका ८ मा विद्यार्थी नेता प्रज्वल ढुंगानालाई वडाध्यक्षको उम्मेदवार बनाएपछि  निर्णय गरेको छ । पुनः वडाध्यक्षको टिकटको अपेक्षा गरिरहेका ढुंगेल त्यसप्रति रुष्ट देखिएका थिए । आफूलाई नगर प्रमुख गणेश प्रसाद प्रसाईंले टिकट नदिन षड्यन्त्र गरेको भन्दै आफुले पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेको वडाध्यक्ष ढुंगेलले बताउनु भयो ।
टिकट नपाएपछि असन्तुष्ट बनेका ढुंगेलले शनिबारै एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीलाई भेटेर आफूले एमाले छाडेको जानकारी गराएका हुन । २०७४ मा उप्रेतीकै प्रस्तावमा वडाध्यक्ष बनेका ढुंगेलले पार्टी विभाजन हुँदा भने उप्रेतीको साथ छाडेका थिए। तर पछि नगर प्रमुख प्रसाईले आफुखुसी वडा अध्यक्षको टिकट बँडेपछि आफुलाई चित्त नबुझेको भन्दै उनि एकिकृत समाजवादीमा प्रवेश गरेका हुन ।

सम्बन्धित समाचार