सशस्त्रका एसपी बिदामा बसेको मौकामा डिएसपीहरु तस्करीका लाईन मिलाउन व्यस्त,डिआईजीको आडमा असुली चल्दै

1.1k Shares

पर्साको बिरगन्जमा सशस्त्र प्रहरीको सेटिङमा व्यापक तस्करी भएको पाइएको छ ।  सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति(डिआइजी) गणेश बहादुर ठाडा मगर र सशस्त्र प्रहरी बल १३ नम्बर हे.क्वा गण पर्साका गणपति(सशस्त्र प्रहरीउपरिक्षक) तेज पोखरेल बिदामा बसेको मौका छोपी मातहतका सशस्त्र प्रहरी कर्माचारीहरु तस्करलाई लाईन दिन व्यास्त रहँदा व्यापक तस्करी भएको पाइएको हो ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति(डिआइजी) मगर र सशस्त्र प्रहरी बल १३ नम्बर हे.क्वा गण पर्साका गणपति(सशस्त्र प्रहरीउपरिक्षक) पोखरेल बिदामा बसेको मौका छोपी सशस्त्र प्रहरी निरिक्षकहरु चौका हान्न व्यस्त रहेका छन् । उनिहरुले पर्साका विभिन्न नाकाहरूबाट तस्करी गराउन तस्करहरुसंग सेटिङ गरि तस्करीको लाईन खुलाएका हुन ।  जिल्लाको भन्सार बिओपी,शिरशिया,ड्राईपोट,भिस्वा,भिखमपुर र अलौ लगायतका नाकाबाट व्यापक तस्करी भएको छ । जिल्लामा अहिले सबैभन्दा बढी तस्करी इनर्वा गाउँबाट भएको पाइएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले घुमुवा परिचालनमा रोक लगाएपछि बाहिनीबाट खटिएका घुमुवाहरु बाहिनी फर्किएका भएपनि सम्बन्धीत बिओपीहरुका बिओपी पति(सशस्त्र प्रहरी निरिक्षकहरु)लाई तस्करहरूले आफैँ भेटेर लाउन मिलाउने काम गरेका पाइएको छ ।
जिल्लाको भन्सार बिओपी,शिरशिया,ड्राईपोट,भिस्वा,भिखमपुर र अलौ लगायतका नाकाका बिओपी पति र निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरिक्षक निर्मल थापालाई मिलाएर तस्करहरुले कपडा,चिनी,सुर्तिजन्य पदार्थहरुका साथै किराना तथा हार्डवेयरका सामानहरुको व्यापक तस्करी भएको छ ।  उक्त नाकामा नेपाल प्रहरीको असईको कमान्डमा चौकी रहेको छ भने सशस्त्र प्रहरीको भन्सार स्थित बिओपीले हेर्ने गरेको छ । ती नाकाहरुबाट नेपाली तथा भारतिय तस्करहरुले सशस्त्र प्रहरी निरिक्षकहरुका साथै निमित्त गणपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक थापालाई भेटेर लाईन मिलाएका पाइएको छ ।
भारतीय नागरिक अनिलले सशस्त्र प्रहरी नायव उपरिक्षक थापा र ती बिओपी पतहिरु(सशस्त्र प्रहरी निरिक्षकहरु)ले लाइन दिएको भन्दै उनिहरुको नाम भँजाउदै खुलेयाम तस्करी गरिरहेका पाइएको छ ।अनिल,जयलाल र सन्जयले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । भन्सार नै नतिरी खुलम्खुला दिनरात तस्करी भइरहेको छ । यसबाहेक सेकावत र तबाराले ठूलो मात्रामा हार्डवेयरको तस्करी गरिरहेका छन् । दुबै प्रहरी मिलेपछि र सशस्त्र प्रहरीले लाइन दिएको भन्दै तस्करहरूले दिन दुगुना रात चारगुणका दरले खुलम्खुला तस्करी गरिरहेका छन् ।
त्यसैगरी पर्सा दरबन्दी भई सर्लाहीमा रहेका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा मगर पनि ।  सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति(डिआइजी)  मगरको आडमा असुलीमा लागेका छन् । सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण सर्लाहीका गणपति(सशस्त्र प्रहरीउपरिक्षक) भरत खँनियाँ बिदामा बसेको मौका छोपी सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले डिआइजी  मगरको आडमा मातहतका सशस्त्र प्रहरी वेश क्याम्प र बिओपी पतिहरुलाई दुःख दिने गरेको पाइएको छ । उनी पनि मगर समुदायका र डिआईजी पनि मगर समुदायका रहेका कारण डिआईजी मगरको आडमा डिएसपी थापा आफ्नो दरबन्दी समेत नजाने र सर्लाहीमा बसेर असुली चलाउनमा व्यस्त रहेका छन् ।

सम्बन्धित समाचार