रुखको हाँगाले चेपिएर १ जनाको ज्यान गयो 

1.1k Shares

सर्लाहीको हरिवन नगरपालिका १ कौलाशपुरीमा  रुखको हाँगाले चेपेर एक पुरुषको ज्यान गएको छ । सोमवार बिहान हरिवन नगरपालिका–१ कौलाशपुरी क्षेत्रको जंगलमा घाँस काट्न गएका स्थानिय अन्दाजी ४०÷४२ बर्षका नारायण कुमार श्रेष्ठ रुखको हाँगाले चेपेर ज्यान गएको हरिवन प्रहरीले जनाएको छ । जंगलमा घाँस काट्न गएका श्रेष्ठ घाँस काट्न रुख चढेका र सोही रुखको हाँगाले चेपेर का उन्लाई तत्काल उद्वार गरी हरिवन स्थित नमुना अस्पताल पुर्याएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । हागाँले श्रेष्ठको छातिमा च्यापेको प्रत्यक्षदर्शीको भनाई छ ।
श्रेष्ठलाई अस्पताल पुर्याए लगतै डक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मुचुल्का तयार गरेर मृतक श्रेष्ठको सव परिक्षणको लागि जिल्ला अस्पताल मलंंगवा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।

सम्बन्धित समाचार