शसस्त्र प्रहरीको मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी,स्थानियले नियन्त्रणमा लिएर बुझाएको सामान समेत शसस्त्र प्रहरीले भगाए

1.3k Shares

सर्लाहीको विभिन्न दुई स्थानबाट शसस्त्र प्रहरीले करिब रु १ लाख मुल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ ।  शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)त्रिभुवननगरबाट खटिएको शसस्त्र प्रहरीको टोलीले चिनी ५० किलो,सोयाबिन खाने तेल ८४ लिटर र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरले चिनी १ सय ५० किलो,तेल ८ कार्टून,मैदा ३ बोरा र किरानाका सामान गरी करिब रु १ लाख बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ ।


शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरले प्रदेश २ ०२ ००१ प ७२५७ नम्बरको मोटरसाईकलमा भन्सार छलेर ल्याँदै गरेको अवस्थामा १ क्विन्टल चिनी,८ कार्टुन खानेतेल र किरानाका सामान नियन्त्रणमा लिएको हो भने ५० किलो चिनी र १ सय ५० किलो मैदा लिएर आउँदै गरेको अटो रिक्सा शसस्त्र प्रहरीलाई देखेपछि भन्सार छलीको सामान छाडेर फरार भएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ । त्यस्तै शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)त्रिभुवननगरको शसस्त्र टोलीलाई देखेपछि भन्सार छलीको सामान छाडेर मोटरसाईकल फरार भएको हो ।


तर स्थानिय नागरिकले नियन्त्रणमा लिएर शसस्त्र प्रहरीलाई बुझाएको सामानमा पनि शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका बिओपीपति एवम शसस्त्र प्रहरी निरिक्षक सुधिर खतिवडाले आर्थिक चलखेल सुरु गरेको भन्दै स्थानियले गुनासो गरेका छन् । आफ्नो नाम नबताउँने सर्तमा एक स्थानियले सिमाको सुरक्षा गर्ने शसस्त्र प्रहरी नै बिकाउ भएपछि सिमानाको सुरक्षामा प्रश्न उठ्ने बताए । उनले भने शसस्त्र प्रहरीले गर्नु पर्ने काम हामीले गरि दिँदा पनि शसस्त्र प्रहरी कमिसनको खेलमा लाग्दा आफुलाई निकैदुःख लागेको छ ।
उनले सो विषयमा शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका निमित्त गणपति शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन लामिछाने र शसस्त्र प्रहरी नायव उपरिक्षक बलराम प्रसाईलाई समेत जानकारी गराएको भएपनि उनिहरुले मिलेर जानु पर्ने बताएका उनले सञ्चारकर्मीलाई बताए । त्यसपछि स्थानियले छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी(डिआईजी) गणेश बहादुर ठाडा मगरलाई जानकारी गराएको पनि बताएका छन् ।


 यता,सो विषयमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका बिओपी पति एवम शसस्त्रप्रहरी निरिक्षक खतिवडाले मिलेर जानु पर्ने भन्दै नियन्त्रणमा लिएको सामानको विवरण लुकाएका छन् । सो विषयमा छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी प्रवक्ता एवम शसस्त्र प्रहरी उपरिक्षक रमेश पाण्डेले बुझेर खबर गर्ने बताउनु भयो ।
यसबाट शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका बिओपी पति एवम शसस्त्र प्रहरी निरिक्षक खतिवडा,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका निमित्त गणपति शसस्त्र प्रहरी नायव उपरिक्षक लामिछाने र शसस्त्र प्रहरी नायव उपरिक्षक प्रसाईको समेत तस्करहरुसंग मिलेमतो रहेको स्पष्ट हुने शसस्त्र प्रहरी स्रोतले जनाएको छ ।
सिमानाकामा बसेर २०÷५० असुल्ने देखि भनसरछलीका सामानहरुको लाईन मिलाई दिन भन्दै चर्काे कमिसन असुली अहिले पहिलो प्राथमिकतामा परेको छ । शसस्त्र प्रहरीको काम सिमाको सुरक्षा गर्नुको साथै सिमानाकामा हुने गैर कानुनी गतिविधि नियन्त्रण तथा न्युनिकरण भएपनि मधेश प्रदेशका अधिकांश बिओपीहरुमा कमाउनका लागि शसस्त्र प्रहरी कर्माचारीहरु आउने गरेका पाइएको छ ।

सम्बन्धित समाचार