सर्लाहीको लालबन्दी नगरपालिकाले सडक क्षेत्र मिचेर बनाइएका तथा बजारको सौन्दर्य बिगार्ने संरचना हटाउन सात दिनको समय दिएको छ। एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले पूर्वपश्चिम लोकमार्गअन्तर्गत बजार क्षेत्रमा रहेका दायाँ र बायाँ राखिएका ठेला,पसल, स्टल निर्माण सामग्रीलगायत हटाउन भन्दै सुचना जारी गरिएको नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यस्ता संरचनाले दुर्घटना बढाएको तथा बजार क्षेत्र कुरूप भएको कारण हटाउन ७ दिने सुचना जारी गरिएको बताउनु भयाे। लालबन्दी नगरपालिका वडा नम्वर १, ६, ७ र १७ वडा स्थित पूर्वपश्चिम लाेकमार्ग आसपासमा रहेका संरचना हटाउन नगरपालिकाले आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत कासुदेव तिमल्सिनाले बताउनु भयाे ।
यस्ता संरचना तोकिएको समयभित्र नहटाए स्थानीय प्रहरी प्रशासनको समन्वयमा हटाइने र त्यस कार्यको क्षतिको पूर्ण जवाफदेहिता सम्बन्धित व्यक्ति नै हुने नगरपालिकाले जनाएको छ।