सर्लाहीको हरिवन नगरपालिका ८ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।हरिवन नगरपालिका ८, पूर्व टोल बस्ने अन्दाजी ५९ वर्षीया सावित्रा निरौलाको करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनुभयाे ।
प्रहरी निरिक्षक निरौलालाई करेन्ट लाग्नासाथ उपचारका लागि नमूना अस्पताल हरिवन पुर्याईएकाे भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मंगलबार दिउँसो करिब ३ बजे श्राद्ध गर्नका लागि काठको पुरानो घर सफा गर्ने क्रममा करेन्ट लागेको स्थानीयले बताएका छन् । पक्की घर छेउमै रहेको काठको कच्ची घरको एउटा कोठामा श्राद्ध गर्नका लागि सफा गर्ने क्रममा उनलाई डिसहोमका लागि तानिएको तारबाट करेन्ट लागेकाे आशंका गरिएको प्रहरीले जनाएको छ । साथै साे विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ताम्राकारले बताउनु भयाे ।