कसरी छिर्यो ४९ हजार किलो अवैद्य चिनी,चिनी भित्र्याउन कसकसको साथ छ ?

1.1k Shares

सर्लाहीको बलरा नाकाबाट ठूलो मात्रा तस्करी हुने गरेको पाइएको छ । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको साथै सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको विशेष सहयोगमा जिल्लाका सिमानाकाहरुबाट ठूलो मात्रामा तस्करी हुने गरेको पाइएको हो । सर्लाहीको हरिवन नगरपालिका १०  स्थित नयाँ रोडबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलीको चिनी सहित २ वटा ट्रक नियन्त्रणमा लिए पछि सो ट्रकमा आएको चिनीको अनुसन्धान गर्ने क्रममा बलरा नाकाबाट सुरक्षाकर्मीहरुको विशेष सहयोगमा ठूलो मात्रामा तस्करी हुने गरेको पाइएको हो ।
सो नाकामा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मधुवनी र सिमा प्रहरी चौकी बलरा रहेको भएपनि सुरक्षाकर्मीहरुकै विशेष सहयोगमा भारतबाट २ वटा ट्रकमा ९ सय ८० बोरा चिनी भन्सार छलेर नेपाल भित्रिएको पाइएको हो । नेपाल भारत सिमा स्थित बलरा नाकाबाट भन्सार छलेर नेपाल भित्रीएको २ वटा ट्रक र ९ सय ८० बोरा चिनी शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मधुवनी र सिमा प्रहरी चौकी बलरा बाट विशेष सहयोगमा भित्रिएको र बलराबाट पुर्व पश्चीम लोकमार्ग सम्म आउँदा समम बाटाभरी कति कतै रोकटोक नभएको र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले शंकालागि चेकजाँच गर्ने क्रममा प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरका ५ सय बोरा चिनी र ना. ७ ख. ६१४५ नम्बरको ट्रकमा ४ स ८० बोरा गरि कुल ४९ हजार किलो भन्सार छलीको चिनी बरामद् भएको थियो ।
हरिवन नगरपालिका १० स्थित पुर्वपश्चीम लोकमार्गमा शंकालागि चेकजाँच गर्दा बरामद् भएको चिनीको अनुसन्धान गर्ने क्रममा प्रिया ट्रेड जनरल अर्डर सप्लार्यस मलंगवाको १९४ र १९५ नम्बरको अनलाईन विलमा सोनामन्सुली चामल उल्लेख गरिएको पाइएको थियो । चामलको मिल काटेर अवैद तरिकाबाट नेपाल भित्रिएको चिनी ओसार्ने दुई वटै ट्रक  बरहथवाका एक व्यापारी रहेको र १ ट्रक चिनी बरहथवा कै ट्रक साहुको र अर्काे १ ट्रक चिनी हरिवनका एक व्यापारी रहेको पाइएको छ ।
जिल्ला भन्सार कार्यालय सर्लाहीको नियन्त्रणमा रहेका २ वटा ट्रक र यति ठुलो मात्रामा अवैद्य चिनी कसरी नेपाल प्रवेश गर्यो भन्ने विषयमा धेरै अनुसन्धान गर्नु पर्ने  नै छेन् । किनकी शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मधुवनी र सिमा प्रहरी चौकी बलराका सुरक्षाकर्मीको ठूलो हात छ भनन सकिने प्रसस्त आधारहरु छन् ।
सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु के भन्छन ?
सिमा प्रहरी चौकी बलराका प्रहरी प्रमुख बरिष्ठ सई मोहन मणी कटुवालले चिनी कहाँबाट छिर्यो छिर्यो,भन्दै आफुहरुलाई थाहा नभएको बताए । तर सिमा प्रहरी चौकी बलरा नेपाल भारत वारपार गर्ने बाटैमा छ । उनको यो अभिव्यक्तिले पनि प्रहरीको सहयोग छ मिलेमतो छ भन्ने देखाउँछ ।
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) छतौनाका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक मोहनकृष्ण सापकोटा घर विदामा गएका कारण उहाँसंग  कुरा हुन सकेन । तथापी पनि व्यापारीहरुले सिधैँ भारतबाट नभई नेपालमै स्टक गरेको सामान ओसार पसार गरेको भन्ने सुनिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ ।
सरोकारवाला निकायको भनाई के छ ?
त्यस्तै,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका शसस्त्र प्रहरी नायव उपरिक्षक बलराम प्र्रसाईले बलरा नाका नलेखिदिन भन्दै सञ्चारकर्मीलाई फोन गरेका छन् । उनले आफुले चिनेको भाई बलरामा रहेकाले बलरा नाका नलेखि बेवारिसे अवस्थामा लेखिदिन भनेका हुन । यसबाट पनि उनले समेत सो नाकामा रहेका शसस्त्र प्रहरी प्रमुख र अवैद्य काम गर्नेहरुबाट कमिसन लिने गरेको स्पष्ट हुन्छ । उनले कुन नाकाबाट भित्रियो भन्दा पनि वेवारिसे अवस्थामा बरामद् भनि लेखिदिन भनेका हुन ।
साथै,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले  २ वटा ट्रक र ४९ हजार केजी अवैद्य चिनी भित्रिएको विषयमा कुनै पनि सुरक्षाकर्मीको सहयोग नरहेको बताए । तर बलरा नाकादेखि करिब ४० किलोमिटर पर रहेको पुर्वपश्चीम लोकमार्ग सम्म आउँदा बाटाका रहेका नेपाल प्रहरी र  शसस्त्र प्रहरीका युनिटहरु लार्य थाहै थिएन की थाहा पाएर पनि कमिसनमा मस्त थिए । यो अनुसन्धानको विषय हो ।
भने प्रहरी नायव उपरिक्षक यादवले आफ्नो प्रहरी पानीमाथी ओभानो रहेको बताएपनि उनलाई पनि कमिसन आउने गरेको स्रोतको दाबी छ । उनले चर्काे कमिसनको बलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरिक्षक आवाशमा एकलौटी राज गरेका छन् । श्रीमती र २ छोरी सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरिक्षक आवाशमा बसेका प्रहरी नायव उपरिक्षक यादवले कार्यालयलाई आफ्नै घर झैँ सम्झेर कार्यालयमा बस्दा पनि छोरीहरु सहित बस्ने र एउटा फ्याल्ट नै ओगटेका छन् । जसको मार प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठलाई परेको छ । श्रेष्ठ यादव भन्दा सिनियर भएपनि यादवले उनिमाथीपनि राज गरेका छन् ।
२ वटा ट्रक र ४९ हजार केजी अवैद्य चिनीको विषयमा भन्सारमा के हुदैछ ?
जिल्ला भन्सार कार्यालय सर्लाहीका कार्यालय प्रमुख मुरारी प्रसाद काफ्लेले मुल्यांकन भई सकेको र चाँडै लिलामी निकाल्ने बताए । उनले २ वटै ट्रक र ९ सय ८० बोरा चिनी अर्थात ४९ हजार किलो चिनीको अनुमानीत लागत समेत निकालीएको र अब चााडै लिलामी प्रक्रियामा लैजाने बताए ।
२ वटा ट्रकमा गरी कुल ४९ हजार किलो चिनीको अन्दाजी रु.१६ लाख ८० हजार  र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रक अन्दाजी मुल्य रु.८० लाख  र ना. ७ ख. ६१४५ नम्बरको ट्रकको प्रति ट्रक अन्दाजी मुल्य रु.८० लाख गरी कुल रु १ करोड ९४ लाख ३० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत एवम प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक यादवले बताए । 
यता, त्यो २ वटै ट्रक र अवैद्य रुपमा नेपाल भित्रिएको चिनी हरिवनका व्यापारीको हो भनि ट्रकका चालकले भनेको भए प्रहरीले नियन्त्रणमा नलिने बुझिन्छ । किनकी हरिवनका व्यापारीले शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगरलाई मासिक रु १ लाख,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयालाई मासिक रु १ लाख २० हजार,वेशपतिहरु र बिओपी पतिहरुलाई मासिक रु १५ हजार देखि २५ हजार सम्म र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुखको नाममा पनि मासिक रु ५० हजार र ईलाका प्रहरी कार्यालय र  प्रहरी चौकीहरुलाई मासिक रु ५ हजारदेखि १५ हजार सम्म अवैद्य काम गर्न सहजता प्रदान गरिदिए वापत कमिसन दिने गरेको ती व्यापारी आफैँले बताएका छन् ।
सो ट्रकका चालकले हरिवनका ती व्यापारीको नाम नभनी बरहथवाका व्यापारीको सामान हो भनेपछि ईलाका प्रहरी कार्यालय हरिवनको गस्ती टोलीले बिहीबार राती करिब ११ बजे २ वटै ट्रक र चिनी नियन्त्रणमा लिएको थियो । बिहीबार राती नियन्त्रणमा लिएको ट्रक र चिनी शुक्रबार दिउँसो सम्म डिल नमिलेपछि भन्सार बुझाउन लगिएको प्रहरी स्रोतले जनाएको छ । यति ठुलो मात्रामा चिनी कहाँ लैजान भन्सार छलेर भित्र्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भईरहेकोे सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार