नेपाल मगर संघ लालबन्दीको भेला सम्पन्न,बेनीको अध्यक्षतामा २५ सदस्यीय समिती चयन

2.6k Shares

नेपाल मगर संघ लालबन्दी नगर कमिटीको भेला सम्पन्न भएको छ । बिहीबार लालबन्दीमा भएको नेपाल मगर संघको भेलाले लालबन्दी नगर कमिटि समेत चयन गरेको हो ।
नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेज नारायण आलेको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख)की प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको नेपाल मगर संघ सर्लाहीका उपा अध्यक्ष पुर्ण बहादुर मगरले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख)की प्रदेश सभा सदस्य लुङ्गेलीले आफू प्रदेश सरकारमा रहेर नेपाल मगर संघ लालबन्दीलाई गर्नु पर्ने सम्पूर्ण सहयोग गने बताईन् । उनलेआफुलेपहिला पनि सहयोग गरि रहेको र त्यो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गरिन् । कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय महा सचिव छत्र लुङ्गेली मगरले नेपालकै पहिलो शहिद लखन थापा मगरको ईतिहाँसको विषयमा चर्चा गरे ।
बिहीबार सम्पन्न भेलाले बेनि बहादुर आले मगरको अध्यक्षतामा २५ सदस्य नगर कमिटी चयन गरेको प्रेस सेन्टर सर्लाहीका उपाअध्यक्ष राजेश थापा मगरले जानकारी दिए ।
कार्यक्रममा नेपाल मगर संघका  निवर्तमान केन्द्रिय सदस्य लेखराम जर्गा मगर,मधेस प्रदेश कमिटिको महिला विभागकी अध्यक्ष कौशिला देबि लुङ्गेली मगर,सास्कृतिक समिति सर्लाहीका अध्यक्ष संजय बलम्पाकी मगर,उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी मगर(दिपक),सर्लाही काठमाडौ सम्पर्क समितिका बेनि बहादुर आले मगर लगायतको विशेष उपस्थिती रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार