स्वा. नेता वाग्लेकाे दाेस्राे स्मृति दिवश मनाईयाे

1.9k Shares

नेकपा(माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेको दोस्रो वार्षिक स्मृति दिवश मनाईएको छ । शुद्धखोर विरुद्धको अभियानको क्रममा बरहथवाको कार्यक्रम सकेर अर्को कार्यक्रममा जाँदै गर्दा वाग्लेको बरहथवा   नयाँ रोड सडक खण्डमा रहस्यमय सवारी दुर्घटनामा २०७७ घाम २१ गते अर्थात आजैका दिन ज्यान गएको थियो ।
आफ्नै मोटरसाईकलमा बरहथवाको कार्यक्रम सकेर अर्को कार्यक्रममा जाने क्रममा मुर्तियामोड नजिकै रहस्यमय सवारी दुर्घटनामा ज्यान गएको थियो ।कार्यक्रममा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्धको अभियानका कार्यक्रमहरुमा लागि रहेको र 
 शुद्धखोरका विरुद्ध कडा रुपमा आन्दोलन गर्दा नेता वाग्ले र आफु सहितका सोअभियान्ताहरुलाई केही शुद्धखोरका नाईकेहरुले निशाना बनाई रहेको  खबर धेरै तिरबाट आएको समेत स्मरण गरे । उनले प्रहरीले गरेको अनुसन्धान गलत रहेको पनि दाबी  समेत गरे ।उनले स्वा.नेता वाग्लेको अभियानलाई सार्थक पार्न आफुहरु सधैँ लागि रहने  प्रतिवद्धता समेत जनाए ।
त्यस्तै नेकपा(एमाले) मधेश प्रदेश कमिटि उपा अध्यक्ष रेवती पन्तले स्वा.नेता वाग्लेको घटनामा संग्लग्न रहेको भनी राज्यले काम देखाउन मानिस र सवारीसाधनलाई नियन्त्रणमा लिएको तर वास्तविकता सो नहुन सक्ने तर्फ शंकेत गरे । रहस्यमय भनेको जीन्दगीभर पनि घटना पक्ता नलाग्ने खालको पनि हुन सक्ने उनले बताए । साथै नेता वाग्लेको ज्यान गएको दुई वर्ष भई सक्दापनि  शालिक बनाउने विषयमा सिलान्यास मात्रै भएको प्रति दुःख व्यक्त गरे ।
कार्यक्रममा रहस्यमय सवारी दुर्घटनामा नेता वाग्लेको ज्यान गएको दुई वर्ष भएको भए पनि उनको दुर्घटनाको कारण अहिले सम्म पनि नखुलेको भन्दै पीडित परिवारले गुनासो गरे ।
उनको सम्झनामा शनिबार दोस्रो वार्षिक स्मृति दिवश मनाएको नेकपा(माओवादी केन्द्र)समन्वय समिति सर्लाहीका संयोजक बुढाथोकीले जानकारी दिए ।
हरिपुर नगरपालिका १ स्थित हजारबिघामा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुका साथै  नेकपा(एमाले)का नेता तथा कार्यकर्ताहरुको पनि  उल्लेख्य उपस्थिति रहेको छ ।

सम्बन्धित समाचार