नवलपुर कृषि बजारको निवर्तमान समितिबाट आर्थिक अनियमितता

2.6k Shares


सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको कृषि बजार व्यावस्थापन समितिको आर्थिक अनियमितता भएको पाइएको छ । लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको कृषि बजार व्यावस्थापन समितिको विगत पाँच वर्षको अवधिमा नेतृत्व सम्हालेका पदाधिकारी सहित सदस्यहरुले समितिको आर्थिक अनियमितता गरेको पाइएको हो ।
विगत पाँच वर्ष अध्यक्ष कार्याकाल सम्हालेका समितिका अध्यक्ष सोनेलाल चौधरी(विगु) सहितको तत्कालीन समितिले नयाँ समिति चयन हुँदा आर्थिक हरहिसाब नबुझाएपछि आर्थिक अनियमितता गरेको पाइएको हो । समितिको तीनवर्षे कार्यकाल हुने भएपनि चौधरीको कार्यकाल पाँच वर्ष चलेको र सो समयमा समितिले पाँच वर्षको  आर्थिक अनियमितता भएको पाइएको छ ।
समितिमा नयाँ नेतृत्व आएपछि विगतको पाँच वर्षको हरहिसाब बुझाउँन पटक पटक माग गर्दा पनि चौधरीले नबुझाउने बरु उल्टै हालको समिति खारेजीको माग गर्दै विभिन्न निकायमा दौडधुप गरेपछि समितिको आर्थिक अनियमितता भएको पाइएको वर्तमान अध्यक्ष सुसिल चालिसेले जानकारी दिए ।तत्कालीन अध्यक्ष चौधरीले विगत पाँच वर्षको हरहिसाब नबुझाएको,संस्थाको नविकरण नगरी संस्था दर्ता समेत खारेज भएको,संस्थाको संरचना संस्थाले रु एक सय ७५ मा भाडामा लगाएको भएपनि भाडामा लिएका व्यापारीहरुले अन्यलाई रु तीन हजार देखि तीन हजार पाँच सय सम्ममा भाडामा लगाएको भएपनि अनुगमन नभएको,तरकारी बजारको केही भाग विक्रि गरि सासापुरमा बजार लगाएको,संस्थालाई थोब बजारबाट खुद्रा बजारमा परिणत गरि खुद्रा बजारबाट पनि खारेज गरेको,संस्थाको विगत पाँच वर्षको हरहिसाब बुझाउन संस्था,वडा कार्यालय र लालबन्दी नगरपालिकाले पत्रचार गर्दा समेत वेवास्था गरेको बरु अहिलेको समिति गैर कानुनी भन्दै विभिन्न प्रपञ्चरचि वडा कार्यालय,नगरपालिका र कृषि ज्ञान केन्द्र सर्लाहीलाई समेत ज्ञापन पत्र बुझाएको समितिले जनाएको छ ।

चौधरी अध्यक्ष हुँदा बजारमा मनोपोली सृजना गरि बाहिरका व्यापारीहरुलाई समेत आफ्नो मालसामान उठाएपछि मात्र अरु व्यापारीको उठाउनु पर्ने बाध्यता सृजना गरेको स्थानीय व्यापारीहरुले बताएका छन् । भने स्थानीय व्यापारीहरुमा पनि आफ्ना,आफन्तलाई भन्दा अरु व्यापारीहरुलाई  फरक व्यावहार गर्ने गरेको व्यापारीहरुले गुनासो गरेका छन् ।
यता,तपाईको कार्यकालको हरहिसाब किन नबुझाउनु भएको भनि कमलामाई मिडिया प्रा.लिले सोध्दा वार्षिक अडिट रिर्पोट बनाएर कार्यालयमा राखिदिएको र हरहिसाब बुझाउन नगरबाट पत्र आएको भएपनि २०७९ साउन २९ गते नगरपालिकाले हालको समितिलाई अर्काे व्यावस्था नहुँदा सम्म कुनैपनि काम नगर्न,नगराउन भनेका कारण आफुले पाँच वर्षको हरहिसाब नबुझाएको तत्कालीन अध्यक्ष चौधरीले बताए ।
चालिसे अध्यक्ष भएपछि के के गरे ?
तर हालको समितिले संस्था दर्ता प्रक्रिया अगाडि बढाईसकेको र प्यान नम्बर समेत लिई सकेको बर्तमान अध्यक्ष सुसिल चालिसेले बताए । उनले आफु अध्यक्ष भए लगतै संस्थाको प्यान बनाएको र संस्था दर्ताप्रक्रियामा गईसकेको जानकारी दिए ।
चालिसे अध्यक्ष भएको समितिले करिब छ महिनामा संस्थाको प्यान लिनुका साथेसंस्था दर्ताको प्रक्रिया लगि सकेको छ । साथै बजारमा विजुली बत्ति जडान,सिसि क्यामेरा जडानको क्रममा,संस्थाको संरचना भित्र तरकारी बजार व्यावस्थापनको प्रयास,पशु निर्देशनालय हेटौँडाबाट पशु बजार व्यावस्थापनका लागि रु ५० लाख रकम ल्याउने ल्याउने प्रक्रिया तयारी,कुषि निर्देशनालय  मधेश प्रदेशबाट रु २५ लाख ल्याउने प्रक्रिया तयारी र नेपाल सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयबाट  करिब रु दुई करोड ५० लाख ल्याउने प्रक्रिया तयारी गरिएको कृषि बजार व्यावस्थापन समिति नवलपुरका अध्यक्ष चालिसेले जानकारी दिए । उनले आफु अध्यक्ष भएपछि बजारका लागि गरेको राम्रो काम देखेर निवर्तमान अध्यक्ष चौधरी सहितको समिति अतालिन थालेको बताए ।
आफुले वडा कार्यालय,नगरपालिका र कृषि ज्ञान केन्द्रहरुमा वास्तविकता बताएको पनि अध्यक्ष चालिसेले बताए । म कुनै लुकेर कृषि बजार व्यावस्थापन समिति नवलपुरको अध्यक्ष भएको हौइन्,म अहिले अध्यक्ष छु । कृर्षि बजार व्यावस्थापन समिति नवलपुरको विषयमा जहाँ जहाँ निवर्तमान अध्यक्ष चौधरी सहितको टोलीले जे जेप्रपञ्च रचेका छन् । त्यो ठाउँबाट अनुगमन समिति आयोस अनुगमन गरोस,म गलत रहेछु भने नीयमानुसार जोहुन्छ त्यही सहुला ।अध्यक्ष चालिसेले भने । अनाथा आफुले नेतृत्व गरेको समितिको विरुद्ध समितिको मानमर्दन हुने गरी कुनै गतिविधि नगर्न नगराउन निवर्तमान अध्यक्ष चौधरी सहितको टिमलाई अनुरोध गर्दछु । 

यता, लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरिहर भट्टराईले अहिलेको काम लोकतान्त्रीक भएको र निकास चाडैं निस्कने बताए । उनले भने हामी केही दिनमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल र लालबन्दी १ र २ का वडा अध्यक्ष बसेर छलफल गरि अहिलेको सामान्य विवाद टुङ्गो लगाउँछौँ । हालको समिति लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरिहर भट्टराई र लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण कुमार पासवानको रोहबरमा २०७९ साउन २६ गते  चयन भएको हो । समितिमा एक अध्यक्ष र पाँच जना सदस्य गरि ६ जना रहने व्यावस्था छ ।

सम्बन्धित समाचार