बिहीबारको आँखा शिविरमा पाँच सय तीन जनाको आँखा परिक्षण, ४१ जना मोतीबिन्दु फेला

2.5k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ११ स्थित श्री जन जगृती आधारभूत विद्यालय बथनियामा भएको आँखा शिविरमा पाँच सय तीन जनाले लाभ लिएका छन् । बुधबारबाट सुरु भएको आँखा शिविरमा बुधबार तीन सय ८९ जनाले निःशुल्क आँखा चेक जाचँ गरेका थिए । बुधबार बागमती नगरपालिका ४ स्थित रहेको जन ज्योती आधारभूत विद्यालय जिरायत नयाबस्तीमा भएको शिविरमा तीन सय ८९ जनाको आँखा चेकजाँच गर्दा ४६ जनामा मोतीबिन्दु भेटीएको बागमती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।


बिहीबार भएको आँखा शिविरमा पाँच सय तीन जनाको आँखा चेकजाँच हुँदा ४१ जना मोतीबिन्दुको विरामी भेटीएका शिविरमा खटिएका चिकित्सकहरुले बताएका छन् । उनिहरुका अनुसार बिहीबार महिला तीन सय ३४ र पुरुष एक सय ६९ गरि पाँच सय तीन जनाको आँखा परिक्षण गरीएको हो ।उनीहरुको फागुन २६ गते देखि २९ गते सम्म तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञबाट निशुल्क सल्याक्रिया हुने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार भोली अर्थात फागुन १९ गते बरहथवा नगरपालिका १ स्थित रत्न बहादुर गीरीको घरमा आँखा परिक्षण गर्ने कार्यक्रम रहेको छ ।


फागुन २९ गते सम्म बागमती,हरिवन,हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने छ । निःशूल्क शिविरमा आँखा जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निःशुल्क सल्याक्रिया समेत गरिने आयोजक बागमती नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार