सर्लाहीका तीनवटै क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

1.6k Shares

गणेश खड्का
सर्लाहीका तीनवटै क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आईतबार बिहान ८ बजे पछिबाट सुरु भएको मतदान अपरान्ह ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
जिल्लाको पुरानो सर्लाही क्याम्पस मलङ्गवामा सबैभन्दा थोरै ४५ दशमलव २३ प्रतिशत विद्यार्थीहरुले मात्रै मतदान गरेका छन् ।क्याम्पसमा कूल दुई हजार दुई सय ३७ जना विद्यार्थी भर्ना भएकामध्ये एक हजार १२ जनाले मात्रै मतदान गरेका हुन ।
यस्तै,जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ७० दशमलव ५८ प्रतिशत विद्यार्थीहरुले मतदान गरेका छन् । जनज्योतिमा कूल नौ सय ९६ जना विद्यार्थीहरु रहेका मध्ये सात सय तीन जनाले मतदान गरेका हुन् । 
त्यस्तै,चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखपोखरी,हरिवनमा सबैभन्दा धेरै ७३ दशमलव २९ प्रतिशत विद्यार्थीहरुले मतदान गरेका छन् । चतुर्भूजेश्वरमा नौ सय ७० जना विद्यार्थीहरुमध्ये सात सय ११ जना विद्यार्थीहरुले मतदान गरेका हुन् ।
स्ववियु निर्वाचनमा क्याम्पसको स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरु मतदाता रहेका छन् ।तीनवटै क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा मतदान सकिएसँगै मतपेटिकाको मुचुल्का उठाएर सर्वपक्षिय बैठक राख्ने तयारी भइरहेको छ ।
सर्वपक्षिय बैठक सकिए लगत्तै आजैबाट मतगणना सुरु हुने स्ववियु निर्वाचन समितिहरुले जनाएका छन् । आईतबार राती करिब १० बजेसम्म मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतहरुले बताएका हुन् । सर्लाहीका तीनवटा क्याम्पसमा ६० जना विद्यार्थी नेता प्रतिस्पर्धामा छन् । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । भने,विभिन्न राजनैतिक दलका नेताहरु स्ववियु निर्वाचनको लागि भन्दै घरघरमा खटिएर चुनाव प्रचार प्रसारका साथै मतमागेका थिए ।

सम्बन्धित समाचार