लालबन्दी ७ की एक विपन्न राईलाई लायन्स क्लब लालबन्दी सिटीले गर्यो आर्थिक तथा खाद्यान्न सहयोग

2.2k Shares

दुर्गा कुमारी अधिकारी

सर्लाहीको लालबन्दी नगरपालिका ७ की एक विपन्नलाई लायन्स क्लब लालबन्दी सिटीले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । लालबन्दी नगरपालिका ७ की सन्ती माया  राईलाई उपचार गराउन आर्थिक अभाव भएको थाहा पाएपछि लायन्स क्लब लालबन्दी सिटीले आर्थिक तथा खाद्यान्न सहयोग गरेको हो ।
लायन्स क्लब लालबन्दी सिटीले रु ३७ हजार नगद आर्थिक सहयोग र चामल,दाल,चिनी र चिउरा लगायतका  खाद्यान्न सहयोग गरेको लायन्स क्लब लालबन्दी सिटीका पाष्ट प्रेसिडेण्ड राज कुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार विपद्मा परेका,गरीब तथा विपन्न परिवारहरुलाई पटक पटक सहयोग गर्दै आएको लायन्स क्लब लालबन्दी सिटीले अति बिपन्न राईलाई उपचारमा थोरै भएपनि राहत पुगोस भनेर आर्थिक सहयोग गरेको हो । 
भने बिहान बेलुका खानेकुरा समेत अभाव रहेकी राईलाई ५० किलो चामल,३ किलो दाल,२ किलो चिनी र २ किलो चिउरा सहयोग गरेको लायन्स क्लब लालबन्दी सिटीका अध्यक्ष चिरिन्जीवि खतिवडाले जानकारी दिए ।

सम्बन्धित समाचार