हरिवन नगरपालिकाले बुझ्यो व्यवासायीक भवन

2.1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्माण भएको व्यावसायीक भवन हरिवन नगरपालिकाले बुझेको छ ।हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटको व्यवासायलाई व्यवस्थीत रुपमा सञ्चालन गर्न भन्दै नगर विकास कोष र हरिवन नगरपालिकाको करिब १३ करोड ८६ लाखको लागतमा निर्माण भएको व्यवासायिक भवन हरिवन नगरपालिकाले बुझेको हो । 
हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाथको व्यावसायलाई व्यावस्थापन गर्दै बजारलाई शुन्दर बनाउँन भन्दै नगर विकास कोष र हरिवन नगरपालिकाको रु १३ करोड ८६ लाख लागतमा निर्माण भएको व्यवासायीक भवन निर्माण सम्पन्न भएको लामो समय सम्म पनि बेबारिसे बनेको थियो । 

व्यवासायीक भवन बुझिलिएको पत्र बुझ्दै  निर्माण व्यावसायी प्रतिनिधि पोख्रेल
व्यवासायीक भवन बुझिलिएको पत्र बुझ्दै  निर्माण व्यावसायी प्रतिनिधि युवराज पोख्रेल
बिकोइ÷धुलिखेन निर्माण सेवा जेभीले १३ करोड ८६ लाखमा छ वटा व्यावसायिक भवनका १ सय ८० वटा कोठा निर्माण गरेको थियो । आरसिसि फ्रेम विल्डिङ फरमेटमा निर्माण भएको भवनको निर्माण कार्य सम्पन्न भएको करिब दुई वर्षसम्म हरिवन नगरपालिकाले विभिन्न बाहना झिकेर भवन नबुझेको  र आफुले गुणस्तरीय भवन निर्माण गरेको बिकोइ÷धुलिखेन निर्माण सेवा जेभीका प्रतिनिधि चेतन पोख्रेलले बताए ।
भवन निर्माण भएको लामो समय भएपनि नगरपालिकाले भवननबुझेपछि सगरमाथा टेलिभिजनमा नगरपालिकाले भवन नबुझेको भन्दै विभिन्न मिडियाहरुमा पटक पटक समाचारतथा रिपोर्टहरु प्रकाशन प्रसारण भएपछि दबाबमा परेको हरिवन नगरपालिकाले एक कार्यक्रमका वीच बाध्य भएर व्यावसायीक भवन बुझेको छ । भवन निर्माण भई सकेको भएपनि केही साना साना कामहरु बाँकी रहेका कारण यस अघि नगरपालिकाले भवन नबुझेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले बताए । उनले प्राविधिक टोलीले चेकजाँच गरेपछि नगरपालिकाले भवन बुझेको बताए ।

 व्यवासायीक भवनको चावी बुझाउँदै निर्माण व्यावसायी प्रतिनिधि युवराज पोख्रेल
 व्यवासायीक भवनको चावी बुझाउँदै निर्माण व्यावसायी प्रतिनिधि युवराज पोख्रेल

भवन निर्माण भएको करिब दुई वर्षसम्म पनि प्रयोगमा नआउँदा प्रयोग बिहिन अवस्था मै भत्कीने चिन्तामा परेका व्यावसायीहरुमा खुसी छाएको छ भने अख्तियारमा उजुरी परेका कारण भवन बुझ्न ढिला भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए । उनले कार्य विधि बनाएर पहिला जो जो व्यापारीहरु बसेका थिए उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर भवन ठेकेदार मार्फत ठेक्कामा लगाईने बताए । भवन बुझ्दै नगर प्रमुख बुढाथोकीले कोही कसैले पैसालिएको भएरमा कसैलाई काखा पाखा गर्ने काम नगर्ने र भवनको सवालमा पैसा माग्न आए आफुलाई जानकारी गराउन व्यापारीहरुसंग आग्रह गरे ।
नगर विकास कोषले हरिवन नगरपालिकालाई उत्कृष्ठ घोषणा गर्दै आर्थिक वर्ष ०७५÷०७६ मा रु १३ करोड ८६ लाख ऋण लगानी गरी व्यावसायीक भवन निर्माण सुरु भएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मै भवन निर्माणको काम सकिएकोे थियो ।
हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटमा रहेको व्यवासायलाई व्यावस्थीत रुपमा सञ्चालन गर्न र बजारलाई सफा तथा शुन्दर बनाउन भन्दै नगर विकास कोषको करिब १३ करोड ८६ लाखमा निर्माण भएको  व्यवासायिक भवन अब पुराना व्यापारीहरुलाई प्राथमिकतामा राखेमा प्रयोगमा ल्याउने नगरपालिकाले जनाएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का  निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती,वर्तमान प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,नगर उप प्रमुख हरिमाया घलान,विभिन्न वडाका वडा अध्यक्षहरु,निवर्तमान नगर उप प्रमुख लगायत स्थानीय व्यापारी,व्यावसायीहरुका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार