दुर्गा कुमारी अधिकारी
र्लाहीको बरहथवा नगरपालिका ५ स्थित कविर धर्मशाला अगाडि भएको सवारी दुर्घटनामा एकजना गंभिर घाईते भएका छन् ।
बरहथवा नगरपालिका ५ स्थित कविर धर्मशाला अगाडि बरहथवा तर्फबाट साेल्टीबजार तर्फ जाँदै गरेकाे प्रदेश २-०२-००१ ह १९०५ नम्बरको अटो र नातीराजा चोकबाट बरहथवा बजार तर्फ जादै गरेको ना. ५४ प ५७५० मोटरसाइकल एक आपसमा ठोक्किदा बरहथवा नगरपालिका ५ का माेटरसाईकल चालक अन्दाजी वर्ष २७ का शविन महताे गंभिर घाईते भएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकल चालक महताेकाे अवस्था गम्भीर रहेकोले थप उपचारको लागि वीरगन्ज तर्फ पठाईएको छ ।
भने माेटरसाईकलमा पछाडि सवार वर्ष २४ का श्याम कुमार महताेकाे पनि घाईते भएका र दुवै जनाकाे अवस्था सुधाराेउन्मुख रहेकाे प्रहरीले जनाएको छ ।