९ सय पिस लागु औषध नाइट्राभेट सहित फेला परेका चौधरी दुई लाखमा छुटे

2.2k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले गत सोमबार नौ सय पिस अवैध लागुऔष नाइट्राभेट सहित नियन्त्रणमा लिएका मानिसलाई आर्थिक चलखेल गरि छाडेको पाइएको छ ।नौ सय पिस अवैध लागु औषध नाइट्राभेट सहित नियन्त्रणमा लिइएका हरिवन नगरपालिका ३ का गोलमोल चौधरीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई चन्द्रपुरण चौधरी र कार्यालय प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले आर्थिक चलखेल गरि छाडेका पाइएको हो ।
नौ सय पिस अवैध लागु औषध नाइट्राभेट सहित नियन्त्रणमा लिइएका चौधरीलाई राजनैतिक दवावका साथै आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय लालबन्दीले २ दिनपछि छाडेको प्रहरी स्रोतको दाबी छ ।
पुर्व पश्चीम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १ स्थित बागवानी जंगलवाट एक व्यापारीको रजनीगन्धा लुटेर भागेका हरिवन नगरपालिका ३ का चौधरीलाई पछि नियन्त्रणमा लिँदा उनको साथबाट नौ सय पिस अवैध लागु औषध नाइट्राभेट  फेला परेको थियो । पछि उनलाई राजनैतिक दवावका साथै रु दुई लाख कमिसन बुझेर प्रहरीले विनासर्त छाडेको कुरा बाहिर आएपछि अहिले प्रहरीले फेरी उनै चौधरीलाई नियन्त्रणमा लिने प्रयास गरेको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरको घुमुवा हुँ भन्दै बागवानी जंगलबाट एक व्यापारीले ल्याएको रजनिगन्धा लुटेर फरार भएका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएपनि दुई लाख कमिसन बुझेर छाडेको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय हरिवनमा लामो समय घुमुवाको रुपमा बसेका काम गरी हाल प्रहरी चौकी पत्थरकोटमा रहेका प्रहरी हबल्दार हरेन्द्र यादवको संग्लग्नतामा चौधरीसंगबाट दुई लाख कमिसन बुझेर ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखामा कार्यरत असई चौधरी र प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले छाडेका हुन ।
सो विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले आफुले ईलाका प्रहरी कार्यालय लालबन्दीले महोतरी तिरको मानिस रहेको र खोजी कार्य जारी राखेको बताएको भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले उनै चौधरीलाई खोजी गरि रहेको बुझिएको छ ।

यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमेख प्रहरी उपरिक्षक सुवेदीले चासो राखेपछि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कर्कीको निदहराम भएको छ । जागीर अवधी सकिनै लागेका प्रहरी निरिक्षक कार्की घरजाने बेलामा विवादमा परिने डरले तनावमा रहेका प्रहरी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार