लालबन्दीमा ३५ जना पत्रकारको निःशुल्क आँखा परीक्षण

3k Shares

गणेश खड्का
सर्लाहीको लालबन्दी नगरपालिका ९ मा भएको निःशुल्क आँखा शिविरमा ३५ जनाको आँखा परिक्षण गरिएको छ । लालबन्दी नगरपालिका ९ स्थित रहेको सगरमाथा चौधरी आँखा अस्पतालको शाखा कार्यालयमा भएको निःशुलक आँखा परिक्षण शिविरमा ३५ जनाले आँखा परिक्षण गराएका सगरमाथा चौधरी आँखा अस्पताल लाहानले जनाएको छ ।
नेपाल नेत्र ज्योति संघको ४५ औँ स्थापना दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले लालबन्दी नगरपालिका ९ स्थित रहेको आँखा उपचार केन्द्रमा जिल्लाका पत्रकारहरुको निःशुल्क आँखा परिक्षण तथा औषधी र चस्मा वितरण गरेको सगरमाथा चौधरी आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा.रमेश कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार निःशुल्क आँखा परिक्षण शिविरमा आँखाको परिक्षण गराएका ३५ जना पत्रकारहरु मध्ये ५ जना पत्रकारको आँखामा कुनै प्रकारको समस्या नदेखिएको र ३० जना पत्रकारको आँखामा समस्या देखिएको छ ।
यसैगरी ३० जना पत्रकारहरु मध्ये १९ जनालाई विभिन्न समस्याका चस्मा र २८ जना पत्रकारहरुलाई विभिन्न प्रकारका निःशुल्क औषधी वितरण गरिएको डा. सिंहले बताए । सगरमाथा चौधरी आँखा अस्पतालले विभिन्न समयमा निःशुल्क तथा शःशुल्क आँखा परिक्षणको शिविरहरु सञ्चालन गरि रहेको छ ।

सम्बन्धित समाचार