दुर्गा कुमारी अधिकारी
सर्लाहीका क्रसर उद्योगहरुको अनुगमन तथा निरिक्षण गरिएको छ । जिल्लाका सरोकारावालाहरुको संयुत्त टोलीले जिल्लामा हाल सञ्चालनमा रहेका क्रसर उद्योगहरुको अनुगमन तथा निरिक्षक गरेका हुन ।
जिल्लाका विभिन्न स्थानमा ठेगाना राखेर २४ वटा क्रसर उद्योगहरु दर्ता भएका भएपनि हाल आठ वटा क्रसर उद्योगहरु मात्रै सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले बताए । उनका अनुसार दर्ता भएर केही समय चलेपछि जिल्लाका धेरै क्रसर उद्योगहरु आफैँ बन्द भएका छन् ।
कार्यालयमा २४ वटा उद्योगहरु दर्ता देखिएका भएपनि नविकरण नभएका र ढुंङ्गा,गिट्टी,बालुवा उत्खन्न तथा व्यावस्थापन निर्देशिका अनुसार क्रसर उद्योग दर्ता भएपछि १० वर्ष मात्रै सञ्चालन हुने पाउने र धेरै मापदण्डहरुको पालना गर्नु पर्ने भएकाले पनि जिल्लाका क्रसर उद्योगहरु दर्ता पछि बन्द हुने गरेका घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले जनाएको छ ।
यता,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योगको अनुगमन एवम निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले जानकारी दिए ।
क्रसर उद्योगलाई वैद्यानीक ढंगले संचालन गर्ने उद्देश्यले सुरक्षा अधिकारीहरुद्वारा जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योगहरुको स्थालगत अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
दर्ता नभएका क्रसर उद्योग बन्द गराउने,दर्ता भएर नवीकरण नगरिएका क्रसर उद्योगलाई नवीकरण गर्न लगाउने र मापदण्ड पालनामा कडाई गर्न सुरक्षा अधिकारीहरु जिल्लाका क्रसर उद्योगको अनुगमन गरिएका् प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
मधेश प्रदेशका अधिकांश स्थानहरुमा चुरे क्षेत्र र वन क्षेत्र र ढुंङ्गा,गिट्टी,बालुवा उत्खन्न तथा व्यावस्थापन निर्देशिका भन्दा बाहिर गएर स्थानीय तहहरुले नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउँदा दिनप्रतिदिन चुरे विनाश हुँदै गएको स्थानीय जानकारहरुको भनाई छ ।
क्रसरको अनुगमनमा प्रमुख जिल्ला अधिकारी यादवसहित सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद,जिल्ला प्रहर िकार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेललगायतको उपस्थिति रहेको थियो ।