हरिपुर र इश्वरपुरका ६४५ अति विपन्नलाई खाद्यान्न सहयोग

1.4k Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको हरिपुर र इश्वरपुरका करिब साँढे छ सय अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग प्राप्त भएको छ । हरिपुर नगरपालिकाको वडा नम्बर २,५ र ६ का तीन सय ८८ र इश्वरपुर नगरपालिकाको वडा नम्बर १ र ३ का दुई सय ५८ गरी छ सय ४६ अति विपन्न परिवालाई बागमती सेवा समाज हरिवनले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।


बागमती सेवा समाज हरिवनले इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । हरिपुर नगरपालिकाको वडा नं. २,५ र ६ र इश्वरपुर नगरपालिकाको १ र ३ गरी छ सय ४६ अति विपन्न,दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । उनका अनुसार कोरोना महामारी पछि वेरोजगार बनेका र घर व्यावहार चलाउन निके समस्या रहेका अति विपन्न परिवारहरुको पहिचान गरी सम्बन्धीत वडा कार्यालयले उपलब्ध गराएको नामावली अनुसार खाद्यान्न वितरण गरिएको हो ।


हरिपुर नगरपालिकाका तीन सय ८८ र इश्वरपुर नगरपालिकाका दुई सय ५८ अति विपन्न घर परिवारलाइ प्रति परिवार रु पाँच हजार छ सय २५ बरावरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने गरी वितरण सुरु गरिएका् बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिए । उनका अनुसार खाद्यान्नमा चामल,दाल,तेल, चिनी,नुन,चना,मसला र  चियापतीलगायत रहेका छन् ।


आफुहरु कोरोना महामारी पछि बेरोजगार भएको र अहिले देशको खस्कँदो अर्थतन्त्रका कारण मारमा परेको समयमा सहयोगी दाताले खाद्यान्न सहयोग गरेर ठुलो राहत मिलेको भन्दै स्थानीय खुसी भएका छन् ।

सम्बन्धित समाचार