परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको गैर कानुनी धन्दामा सर्लाहीका प्रजिअ यादव को समेत साथ

1.7k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्र भएको व्यापक काठ तस्करीको समाचार प्रकाशन भएपछि परियोजना प्रमुख सर्लाहीका प्रमुख जिल्ला अधिकारीकोमा हार गुहार गर्न पुगेका छन् ।
परियोजना क्षेत्रभित्र व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको प्रमाण सहित समाचार प्रकाशन भएपनि परियोजना प्रमुख राम किशोर यादव र परियोजनाका सहायक वन अधिकृत शिवेन्द्र चौधरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसंग हारगुहार गर्न पुगेका हुन ।
सागरनाथ वन विकास परियोजना भित्रको बाँके जंगलमा परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतोमा व्यापक काठ तस्करी भएको समाचार कमलामाई मिडिया प्रा।लिद्धारा सञ्चालीत कमलामाई खबरडटकम अनलाई पत्रिकाका सहित अन्य मिडियाहरुमा प्रकाशन भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवलाई हार गुहार गरी परियोजनामा बोलाएर भोज खुवाई परियोजनाको समाचार प्रकाशन भएको कमलामाई मिडिया प्रा।लिका सञ्चालकलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले फोेन समेत गरेका छन् ।
परियोजनाको बाँके जंगलमा परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरीको मिलेमतोमा व्यापक काठ तस्करी भएको भन्दै प्रमाण सहित समाचार प्रकाशन भएपछि अतालिएका परियोजना प्रमुख यादव र परियोजनाका सहायक वन अधिकृत चौधरीले प्रमुख जिल्ला अधिकारी यादवलाई हार गुहार गरी परियोजनामा बोलाएर भोज खुवाई समाचार प्रकाशन गर्ने कमलामाई मिडिया प्रा।लिलाई फोन गर्न लगाएका हुन ।
सागरनाथ वन विकास परियोजना अन्र्तगत रहेको बाँके जंगलबाट व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको भएपनि परियोजना प्रमुख यादव सहित परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिनुले उनीहरुको संग्लग्नतामा काठ तस्करी भएको पाइएको स्थानीयले बताए पछि समाचार प्रकाशन गरिएको थियो ।
सागरनाथ वन विकास परियोजनाका एक सय ४६ जना कर्माचारीहरुले विगत करिब आठ महिनादेखि तलब खान नपाएको गुनासो गरि रहँदा परियोजना भित्रको काठ व्यापक मात्रामा तस्करी हुँदा समेत परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मौन बस्नुले उनिहरुको मिलेमतोमा परियोजना भित्रको सालका काठ व्यापक मात्रामा तस्करी भएको प्रष्ट हुन्छ ।
यता,जिल्लाका केही मिडियाहरुमा“सागरनाथ वन विकास परियोजना भित्र काठ तस्करी व्यापक,परियोजना मौन”शिर्षकमा समाचार प्रकाशन भएपछि परियोजना प्रमुख यादवले जिल्ल प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवलाई फोन गर्न लगाएका थिए । प्रमुख जिल्ला अधिकारी यादवले फोनमा खासै कुरा नगरेपनि सो समाचार हटाउनु भन्ने शंकेत बुझियो । जसबाट पनि परियोजना प्रमुख यादव,सहायक वन अधिकृत चौधरी लगायत प्रमुख जिल्ला अधिकारी यादवको समेत मिलेमतोमा परियोजनाको क्षेत्रभित्रको जंगलबाट सालका रुखहरु काटि तस्करी भएको आशंका गर्न सकिन्छ ।
त्यसपछि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको आयोजनामा प्रमुख जिल्ला अधिकारी यादवलाई परियोजनामा बोलाएर भोज खुवाइएको समेत पाईएको हो । परियोजना प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी यादव आफ्ना भाई रहेका र उनले सो समाचार लेख्ने पत्रकारलाई थर्काएको हल्ला फैलाएका छन् । परियोजना परिसरमा थुपारेर राखेको काठ लिलामी गर्न नसक्दा कर्माचारीहरुलाई तलब खुवाउन नसकेको बताई रहँदा काठ तस्करी हुँदा समेत परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मौन बस्नुले पनि उनीहरु र काठ तस्करहरु विच कुनै न कुनै रुपमा मिलेमतो रहेको सहजै शंका गर्न सकिन्छ । परियोजनाका सहायक वन अधिकृत चौधरीले इश्वरपुर नगरपालिका १५ मा रहेको एक चिरान मिललाई काठ पठाउने गरेका समेत रहस्य बाहिरिएको छ ।
त्यसैगरी परियोजना प्रमुख यादवले ईश्वरपुर नगरपालिका ४ स्थित रहेको अमुवा खोल्सीबाट नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् गर्न दिएका छन् । ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने अमुवा खोल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न परियोजना प्रमुख यादवले कमिसन लिएर सहजता प्रदान गरेका पाइएको स्थानीयले बताएका छन् । स्थानीय अनुसार इश्वरपुर नगरपालिका ४ स्थित रहेको परियोजनाको कार्यालय नजिकै उत्तर तर्फ रहेको खेल मैदानको छेउमा परियोजनाको जग्गा अतिक्रमण गरि भवन बनाउन समेत दिउका पाइएको छ । यस अघिका कार्यालय प्रमुखहरुले परियोजनाको जग्गा अतिक्रमण भएको भन्दै रोकेका स्थानहरुमा हालका परियोजना प्रमुख यादवले आर्थिक प्रलोभनमा परेर धमाधम काम गराएका छन् ।
साथै परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर परियोजना भित्रका विभिन्न स्थानमा रहेका पोखरीहरु पनि आर्थिक चलखेल गरि स्थानीयलाई गरि खान भनी दिएका समेत पाइएको छ । भने परियोजनाको जग्गा अतिक्रमण गरी नयाँ पोखरीहरु खन्न दिएका छन् । उनीहरुले आर्थिक प्रलोभनमा परेर त्यस्ता क्षेत्रहरुमा घर टहरा बनाउन दिएका,पोखरी खन्न दिएका,वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ ।यता,वन पैदावर विकास समितिले अमुवा खोल्सीमा भएको उत्खनन्को,परियोजना भित्रको काठ तस्करी र परियोजना १ सय ४६ जना कर्माचारीहरुको तलब ९ महिनादेखि नखुवाएको विषयमा जवाफ माग समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यादवको साथ पाएपछि परियोजनाका सहायक वन अधिकृत चौधरीले पत्रकारले लेखेर केही नहुने भन्दै आफ्नो धन्दालाई निरन्तरता दिएका पाइएको छ । परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर समितिले विक्रि लिलामी गर्न अनुमती दिएका परवानीपुरका सिसौ,परियोजना परिसरमा थुपारेर राखिएको सालका काठ अहिले सम्म लिलामी समेत गरेका छैनन् ।

सम्बन्धित समाचार