1.8k
Shares
शंखर पहाडी (गाैरब)
सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित बजारबाट करिब सवा ५ लाख जाली नाेट फेला परेकाे छ ।
लालबन्दी नगरपालिका ७ स्थित बजारमा फाेहाेर उठाउन गएका मानिसहरुले फाेहाेर उठाउने क्रममा जाली नाेट फेला पारेका थिए । फाेहाेर उठाउनेहरुले नाेट देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी पुगेर नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिएकाे जाली नाेट ५ लाख ३० हजार र नाेट बनाउन प्रयाेग गरिने कागज ६ सय पिस बरामद् भएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा बरनमद् भएको जाली नाेटकाे विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । बरामद् गरिएको जाली नाेट ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखि अनुसन्धान अघि बढाईएकाे प्रहरीले जनाएको छ ।